विद्युतीय सवारीलाई प्रोत्साहन गर्न इण्डोनेसियाद्वारा नयाँ कर नीतिको घोषणा



काठमाडौं । इण्डोनेसिया सरकारले स्वच्छ ऊर्जाको प्रयोगलाई बढावा दिन र आयातित इन्धनमाथिको निर्भरता कम गर्ने उद्देश्यले पेट्रोलियम र विद्युतीय सवारीसाधनका लागि फरक–फरक कर दर निर्धारण गर्ने तयारी गरेको छ ।

ऊर्जा तथा खनिज स्रोत मन्त्री बहलिल लाहडालियाले भविष्यमा ग्यासोलिन (पेट्रोलियम) बाट चल्ने सवारीसाधनको तुलनामा विद्युतीय सवारीसाधन (ईभी) का लागि सहुलियतपूर्ण कर व्यवस्था लागू गरिने जानकारी दिएका हुन् ।

जकार्तामा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री लाहडालियाले विद्युतीय सवारीसाधन तुलनात्मक रूपमा सस्तो र वातावरणमैत्री हुनुका साथै यसले आयातित इन्धनको आवश्यकतालाई समेत घटाउने बताए ।

प्रकाशित मिति : बैशाख ३१, २०८३ बिहीबार  १० : ५५ बजे