काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ ।
आज सुनको मूल्य तोलामा ३०० रुपैयाँले बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनूसार यस दिन छापावाल सुनको मूल्य तोलाको तीन लाख दुई हजार ५०० रुपैयाँ कायम भएको छ । बुधबार तीन लाख दुई हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै,चाँदीको मूल्य पनि तोलामा ३५ रुपैयाँले बढेको छ । चाँदी प्रतितोला पाँच हजार ७४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।














