काठमाडौं । त्रिभुवन विश्वविद्यालयको निमित्त उपकुलपतिको जिम्मेवारी इन्जिनियरिङ अध्ययन संस्थानका डीन प्राडा. सुशीलबहादुर बज्राचार्यलाई दिइएको छ ।
प्रधानमन्त्री एवं कुलपति वालेन्द्र शाहले इन्जिनियरिङ अध्ययन संस्थानका डीन प्राडा. वज्राचार्यलाई निमित्त उपकुलपतिको जिम्मेवारी दिएका हुन् ।
अध्यादेशबाट विश्वविद्यालयको उपकुलपतिसहित सबै पदाधिकारी पदमुक्त भएका थिए ।
विश्वविद्यालय पदाधिकारीविहीन भएपछि निमित्तको जिम्मेवारी वज्राचार्यलाई दिएको हो ।














