ओखलढुंगाका पत्रकारहरु श्रष्टापार्क सरसफाइ तथा रंगरोगनमा (फोटो फिचर)



न्यू सञ्चार, ओखलढुंगा –

ओखलढुंगास्थित विभिन्न सञ्चार संस्थामा कार्यरत पत्रकारहरुले आज श्रष्टापार्क सरसफाइ तथा रंग रोगन गरेका छन् ।

जिल्ला सदरमुकाममा रहेको पार्कमा जाने आन्त्रिक तथा वाह्य पर्यटकहरुले जथाभावि फोहोर फालेर कुरुप बनाएको पार्कको फोहोर पत्रकारहरुले सफाइ गरेका हुँन् ।

पर्यटकीय स्थलको रुपमा विकास गर्ने योजनाका साथ निर्माण गरिएको पार्कको कन्तविजोक देखेपछि आज जिल्लाका पत्रकारहरुले स्वस्फुतर्m रुपमा सरसफाइ तथा रंग रोगन गरी चिटिक्का बनाएको नेपाल प्रेस युनियन ओखलढुंगाका अध्यक्ष तथा सहयात्री सामुदायिक रेडियोका प्रबन्ध निर्देशक जीवन शर्माले बताए । पार्कको वरिपरि भएका फोहोरलाई बटुलेर जलाएको, आराम बेन्च तथा पार्कको फुल बारी लगायतका भित्ताहरुमा रंगरोगन गरी सुन्दर बनाएको शर्माले जानकारी दिए ।

पार्कको सरसफाइ तथा व्यवस्थापनमा स्थानीय सरकारले ध्यान नदिदा सिद्धिचरण पार्क र श्रष्टा पार्क कुरुप बन्दै गएको छ । पार्क सरसफाइ अभियानले स्थानीय सरकारको ध्यानाकर्षण गराउदै आगामी दिनमा पार्कलाई व्यवस्थित बनउँदै आन्तरिक तथा वाह्य पर्यटक भित्र्याउन सहयोग पुग्ने कान्तिपुर दैनिकका पत्रकार कुम्भराज राइले बताए ।

सिद्धिचरण नगरपालिकाको मुटुमा रहेको श्रष्टा पार्कलाइ व्यवस्थित र सुन्दर बनाउन सके नगरपालिकाले समेत आम्दानीको श्रोतका रुपमा प्रयोग गर्न सक्ने भएपनि हाल सम्म नगरपालिकाले त्यस तर्फ ध्यान दिन सकेको छैन् ।

रंग रोगन गर्नका लागि आवश्यक प्राइमर तथा इनामेल पत्रकारहरु आफैले किनेर लगाएको लगाएको बताइएको छ ।

प्रकाशित मिति : मंसिर १४, २०७६ शनिबार  २ : ३२ बजे