काठमाडौं । कीर्तिमानी आरोही कामिरिता शेर्पाले ३२ औंपटक सगरमाथाको सफल आरोहण गरेका छन् ।
सेभेन समिट ट्रेक्सका अनुसार ५६ वर्षीय कामिरिताले आज (१७ मे २०२६) बिहान १०:१२ बजे विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गरेका हुन् ।
उनले आज ३२ औं पटक आरोहण गरेर विश्व कीर्तिमान कायम गरेको पर्यटन विभागले जनाएको छ ।
सोलुखुम्बुको थामे गाउँमा जन्मिएका शेर्पाको मुख्य पेशा पर्वतारोहण हो । उनी हाई अल्टिच्युड माउन्टेन गाइडको रुपमा कार्यरत छन् ।














