नेपाल र बेलायतबीचको सम्बन्ध सुदृढीकरणमा शिक्षा र सीपको भुमिका महत्वपूर्ण छ: बेलायती मन्त्री



काठमाडौं । संयुक्त अधिराज्य (बेलायत) की इण्डो–प्यासिफिक राज्यमन्त्री सीमा मल्होत्राले नेपाल र बेलायतबीचको ऐतिहासिक सम्बन्धलाई थप सुदृढ र आधुनिक बनाउन शिक्षा, सीप विकास र आर्थिक सहकार्य मुख्य आधार रहेको बताएकी छन् ।

आफ्नो पहिलो नेपाल भ्रमणका क्रममा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले दुई देशबीचको २०० वर्षभन्दा पुरानो मित्रता र १०० वर्षअघि हस्ताक्षरितमैत्री सन्धिलाई नयाँ उचाईमा पुर्याउने प्रतिवद्धता व्यक्त गरिन् ।

मन्त्री मल्होत्राले नेपालको शिक्षा क्षेत्रमा बेलायतले विगत ७० वर्षदेखि निरन्तर सहयोग गर्दै आएको स्मरण गरिन् ।

उनले भनिन्, ‘कुनै पनि राष्ट्रले मानवीय प्रतिभामा लगानी नगरी आफ्ना आकाङ्क्षाहरू पूरा गर्न सक्दैन। बेलायत र नेपालले दशकौँदेखि विद्यालय शिक्षा र शिक्षक तालिममा सहकार्य गर्दै आएका छन् । यदि तपाईँ आर्थिक वृद्धि चाहनुहुन्छ भने सीप चाहिन्छ, र रोजगारीका लागि उपयुक्त तालिम आवश्यक पर्छ ।’

प्रकाशित मिति : जेष्ठ १०, २०८३ आईतबार  १ : ३७ बजे