सर्वोच्च अदालत आज र भोलि आंशिक खुला रहने



काठमाडौं । आज र भोलिको सार्वजनिक बिदामा पनि सर्वोच्च अदालत आंशिक रुपमा खुला हुने भएको छ ।

बिहीबारदेखि लगातार चार दिन सार्वजनिक बिदा छ । यही कारण बन्दीप्रत्यक्षीकरण रिट दर्ता र सुनुवाइका निम्ति इजलास खुला राख्ने निर्णय गरिएको सर्वोच्च प्रशासनले जनाएको छ ।

सर्वोच्च अदालत प्रशासनका अनुसार, विहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म बन्दीप्रत्यक्षीकरणको निवेदनको दर्ता र सुनुवाइका लागि अदालत खुला रहेनछ ।

प्रकाशित मिति : जेष्ठ १४, २०८३ बिहीबार  ११ : ४० बजे