भक्तपुर । भक्तपुर नगरपालिका लिवालीस्थित ख्वप्रिङ इंग्लिस सेकेन्डरी स्कुलमा आगलागी हुँदा ठूलो क्षति भएको छ । आगलागीबाट विद्यालयको दुई तलामा पूर्ण रूपमा क्षति पुगेको र पाँचवटा कक्षाकोठा जलेर नष्ट भएको विद्यालयका प्रधानाध्यापक विनोद प्रजापतिले जानकारी दिए ।
आगलागीबाट करिब ५० लाख रुपैयाँबराबरको क्षति भएको छ । विद्युत् सर्टका कारण आगलागी भएको हुन सक्ने अनुमान छ ।
हाल जलेका सामग्री हटाउने र सरसफाइको कार्य सुरु गरिएको छ । धेरै दिन पठनपाठन अवरुद्ध हुन नदिने गरी काम भइरहेको विद्यालय प्रशासनले जनाएको छ ।
क्षतिको विस्तृत विवरण संकलन जारी रहेको प्रहरी वृत्त जगातीले जनाएको छ । रासस














