एकैदिन तोलामा ८ हजार दुई सय रूपैयाँले घट्यो सुनको मूल्य



काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्य घटेको छ।

आज सुनको मूल्य प्रतितोला आठ हजार दुई सय रूपैयाँले घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख आठ सय रूपैयाँमाकारोबार भइरहेको छ। शुक्रबारसुन प्रतितोला तीन लाख नौ हजार रूपैयाँमा कारोबार भएको थियो।

यस्तै, आइतबार चाँदीको मूल्य पनि घटेको छ।शुक्रबार प्रतितोला पाँच हजार दुई सय ३० रूपैयाँमा कारोबार भएको चाँदी यसदिन तोलामा चार हजार आठ सय ९५ रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

प्रकाशित मिति : जेष्ठ २४, २०८३ आईतबार  ११ : २८ बजे