काठमाडौँ । फिफा विश्वकप फुटबल हेर्न अमेरिका जाँदै गरेका एन्फा अध्यक्ष पंकजविक्रम नेम्वाङ र महासचिव किरण राईलाई अध्यागमन अधिकृतले फिर्ता पठाएका छन् ।
मंगलबार बिहान उनीहरुलाई त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयका अधिकारीहरूले विमानस्थलबाट फर्काइदिएका हुन् ।
मंगलबार बिहान उनीहरू विमानस्थल पुगेका थिए । राहदानी ‘वाच लिस्ट’मा रहेको हुनाले उनीहरूलाई फर्काइएको अध्यागमन स्रोतले बतायो ।
आर्थिक विषयको छानबिनका लागि राष्ट्रिय खेलकुद परिषद (राखेप)को सिफारिसमा अध्यागमन विभागले गत वैशाखमा एन्फाका सबै पदाधिकारीलाई विदेश जान रोक लगाएको थियो ।














