दीपक भट्ट र सुलभ अग्रवालको आज विशेष अदालतमा थुनछेक बहस



काठमाडौं । सम्पत्ति शुद्धीकरणसम्बन्धी चर्चित मुद्दामा प्रतिवादी बनाइएका व्यवसायी दीपक भट्ट र शंकर ग्रुपका सञ्चालक सुलभ अग्रवालको थुनछेक बहस आज विशेष अदालतमा हुने भएको छ। 

विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट, सदस्य न्यायाधीशहरू उमेश कोइराला र विदुर कोइरालाको इजलासमा आज बयान सकिएपछि थुनछेक बहस हुनेछ ।

थुनछेक बहसपछि अदालतले थुनामा पठाउने या धरौटीमा छाड्ने कुनै एक निर्णय गर्नेछ ।

प्रकाशित मिति : असार २, २०८३ मंगलबार  १० : ५५ बजे