सेफ सन्तोष साह हाजिरी जमानीमा रिहा



काठमाडौँ । सेफ सन्तोष साह हाजिरी जमानीमा रिहा भएका छन् ।

काठमाडौँमा रेष्टुरेन्ट खरिदका क्रममा दिइएको चेक अनादर तथा ठगी कसुरमा शनिबार पक्राउ परेका साह आइतबार हाजिरी जमानीमा रिहा भएका हुन्।

अनुसन्धानका क्रममा आवश्यक परेमा उपस्थित हुने सर्तमा उनलाई परिवारका सदस्यको जिम्मा लगाएर छाडिएको प्रहरीले जनाएको छ ।

प्रहरीले साहलाई ठगी सम्बन्धी कसुर मुद्दामा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले शुक्रबार जनकपुरबाट पक्राउ गरी काठमाडौं ल्याएको थियो।

प्रकाशित मिति : असार २, २०८३ मंगलबार  ११ : २७ बजे