कक्षा ११ र १२ को छात्रवृत्तिका लागि काठमाडौँ महानगरले गर्‍यो पुनः आवेदन आह्वान



काठमाडौँ । काठमाडौँ महानगरपालिकाले शैक्षिक सत्र २०८३र८४ मा कक्षा ११ र १२ को छात्रवृत्ति कार्यक्रमअन्तर्गत रिक्त रहेका सिटहरूका लागि पुनः आवेदन दिन सूचना जारी गरेको छ।

महानगरपालिकाको छात्रवृत्ति कार्यक्रमको पहिलो र दोस्रो सूचीमा मनोनयनमा नपरेका तथा अन्तिम मनोनयन अर्थात् र्‍यापअपमा समावेश हुन चाहने परीक्षार्थीहरूले विषय र शिक्षण संस्थाको प्राथमिकता क्रम छनोट गरी अनलाइन फाराम भर्न सक्नेछन्।

यस वर्षका लागि महानगरपालिका भित्रका १४५ शिक्षण संस्थामा कुल ४ हजार ८५७ कोटा निर्धारण गरिएको थियो। निर्धारित कोटामध्ये पहिलो मनोनयन सूचीबाट ३ हजार ५१ विद्यार्थी र दोस्रो सूचीबाट २३० जना गरी कुल ३ हजार २८१ विद्यार्थी छनोट भएपछि बाँकी रहेका १ हजार ५७६ कोटाका लागि विषय र शिक्षण संस्थाको प्राथमिकता छान्ने अवसर प्रदान गरिएको परीक्षा समितिका संयोजक एवं शिक्षा अधिकारी नमराज ढकालले जानकारी दिए।

महानगरपालिकाअन्तर्गत सञ्चालनमा रहेका संस्थागत शिक्षण संस्थाहरूमा प्रथम र दोस्रो मनोनयन सूचीबाट तोकिएको समयावधिभित्र भर्ना भएका विद्यार्थीहरूको विवरण शिक्षण संस्थाहरूले अद्यावधिक गरेका थिए। सोही आधारमा बाँकी रहेका विषयगत सिट सङ्ख्यामा अन्तिम मनोनयन गर्नका लागि यो सूचना प्रकाशन गरिएको हो। छात्रवृत्तिका लागि आवेदन आज बिहान १०स्०० बजेदेखि खुला भइसकेको छ भने आगामी असार ८ गते साँझ ५स्०० बजेसम्ममा आवेदन दिइसक्नुपर्नेछ।

आवेदन दिनका लागि विद्यार्थीहरूले इन्ट्रान्स डट जिओभी डट एनपी वेबसाइटमा गई पहिले जस्तै आफ्नो सिम्बोल नम्बर, अल्फाबेट, जन्ममिति र इमेल वा मोबाइलमा प्राप्त भएको पासवर्ड प्रयोग गरी लगइन गर्नुपर्नेछ। यसरी लगइन गरेपछि आफूले अध्ययन गर्न चाहेको कुनै एक विषय छनोट गर्न सकिनेछ, जसमा पहिले छानेको विषयभन्दा फरक विषयसमेत रोज्न पाउने व्यवस्था गरिएको छ। सिट रिक्त रहेका शिक्षण संस्थाहरू यकिन गरेर मात्र आफूले अध्ययन गर्न चाहेको विषय र इच्छुक शिक्षण संस्थाको प्राथमिकता क्रम छनोट गरी पुनः आवेदन अर्थात् रि(अप्लाई गर्न सकिन्छ। अन्तिम मनोनयन गर्दा विद्यार्थीहरूको एकमुष्ट योग्यता क्रम ९ओभरअल मेरिट० का आधारमा विषयगत रूपमा गरिनेछ।

यसअघि काठमाडौँ महानगरपालिकाभित्रको छात्रवृत्ति छनोट परीक्षाको पहिलो म्याचिङ लिस्टबाट ३ हजार ५१ विद्यार्थी छात्रवृत्ति कोटामा भर्ना भएका थिए। छात्रवृत्ति छनोट परीक्षाबाट योग्यताक्रमको अन्तिम सूचीमा प्रकाशित नामहरूमध्ये पहिलो मनोनयन सूचीमा ३ हजार ७३५ विद्यार्थी रहेका थिए, जसलाई जेठ २७ गतेभित्र भर्ना भइसक्न समय दिइएको थियो।

तीमध्ये विज्ञान विषयमा १ हजार ९०१, व्यवस्थापनमा १ हजार १११, कानुनमा ३४ र मानविकीमा ५ विद्यार्थी भर्ना भएका हुन्। यसरी भर्ना भएका विद्यार्थीहरूको विवरण सफ्टवेयरमा प्रविष्ट गराएपछि रिक्त हुन आएका बाँकी सिटका आधारमा परीक्षा समितिले म्याचिङ लिस्टको दोस्रो सूचीमा ४८६ जनाको नाम प्रकाशन गरेको थियो।

शिक्षा अधिकृत एवं परीक्षा समितिका सदस्य सचिव रामचन्द्र खड्काका अनुसार दोस्रो सूचीमा विज्ञान विषयका लागि ३२३, व्यवस्थापन विषयका लागि १४५, कानुनका लागि १५, मानविकीका लागि १ तथा शिक्षाका लागि २ विद्यार्थीको नाम सिफारिस गरिएको थियो, जसमध्ये २३० विद्यार्थी मात्र भर्ना भएका थिए। छात्रवृत्ति छनोटका लागि गत जेठ १७ गते परीक्षा लिइएको थियो, जसको जेठ १८ गते प्रारम्भिक योग्यता सूची र जेठ २१ गते अन्तिम सूची प्रकाशित भएको थियो। जेठ १८ गतेदेखि २० गतेसम्म पुनर्योग र विवरण सच्याउन दिइएको समयमा ३३१ परीक्षार्थीले पुनर्योगका लागि आवेदन दिएका थिए, जसको ओएमआर उत्तरपुस्तिकालाई कम्प्युटर प्रणाली र म्यानुअल गरी दुवै विधिबाट परीक्षण गरिएको थियो।

प्रकाशित मिति : असार ४, २०८३ बिहीबार  ७ : ४५ बजे