काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै पेट्रोल २० रूपैयाँ र डिजेलरमट्टितेल प्रतिलिटर ३० रुपैयाँले घटेको जानकारी दिएको छ ।
२८ फेब्रुअरीयता पश्चिम एसियामा जारी द्वन्द्वका कारण कच्चा तेलको मूल्य बढेपछि नेपालमा पनि इन्धनको मूल्य बढेको थियो । तर अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटे पनि निगमले नघटाएको भन्दै आलोचनासमेत सुरु हुन थालेको थियो ।
पेट्रोलियम पदार्थको अन्तर्राष्ट्रिय बजार मूल्यमा आएको सुधारस्वरुप इण्डियन आयल कर्पोरेशनबाट मंगलबार प्राप्त नयाँ खरिद मूल्यअनुसार पेट्रोल, डिजेल र हवाई इन्धन तथा एलपी ग्यासमा समेत घटेर आएको निगमले जनाएको छ ।
मंगलबार नै बसेको निगम सञ्चालक समितिको बैठकले साविकको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर पेट्रोलमा २० रुपैयाँ, डिजेलरमट्टितेलमा प्रतिलिटर ३० रुपैयाँ, हवाई इन्धन आन्तरिकतर्फ प्रति लिटर ४० रुपैयाँ, हवाई इन्धन अन्तर्राष्ट्रियतर्फ काठमाडौंको लागि प्रतिकिलोलिटर अमेरिकी डलर २६५ र एलपी ग्यास प्रतिसिलिन्डर एक सय रुपैयाँले घटाएको हो ।
अब पेट्रोलको मूल्य प्रतिलिटर १९४ रुपैयाँ ५० पैसादेखि १९७ रुपैयाँ कायम भएको छ । यसअघि २१४ रुपैयाँ ५० पैसादेखि २१७ रुपैयाँ थियो । डिजेलको मूल्य १९२ रुपैयाँ ५० पैसादेखि १९५ रुपैयाँ कायम भएको छ ।
यसअघि २२२ रुपैयाँ ५० पैसादेखि २२५ रुपैयाँ थियो । त्यस्तै एलपी ग्यासको मूल्य भरिएको एक सिलिन्डर ९१४।२ केजी०को दुई हजार ६० र आधा भरिएको सिलिन्डर ९७।१ केजी०को एक हजार ३० रुपैयाँ कायम भएको छ ।














