काठमाडौं । आज सेयर बजारमा (नेप्से ) सामान्य वृद्धि भएको छ ।
नेप्से परिसूचक ४.७९ अंकले बढेर २,६६७ को विन्दुमा कायम भएको छ ।
आज १२२ कम्पनीको सेयर मूल्य बढेको छ भने १४३ कम्पनीको मूल्य घटेको छ ।
आज ४ अर्ब ४० करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै सोलु हाइड्रोपावरको सेयर कारोबार भएको छ । यस कम्पनीको ५८ करोड १० लाख रुपैयाँको सेयर कारोबार भएको छ । रिडी पावरको ३४ करोड ८४ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै सोलु हाइड्रोका लगानीकर्ताले कमाएका छन् । यस कम्पनीका लगानीकर्ताले १४.९९ प्रतिशतका दरले कमाएका हुन् । आज सबैभन्दा धेरै एभरेष्ट कलरका लगानीकर्ताले गुमाएका छन् । यस कम्पनीका लगानीकर्ताले ९.०३ प्रतिशतका दरले गुमाएका हुन् ।














