सेयर बजारमा सामान्य गिरावट



काठमाडौं । आज साताको अन्तिम कारोबार दिन सेयर बजार घटेको छ । नेप्से परिसूचक ४.०५ अंकले घटेर २,६५० को विन्दुमा कायम भएको छ ।

आज ८६ कम्पनीको सेयर मूल्य बढेको छ भने १८४ कम्पनीको मूल्य घटेको छ ।

आज ३ अर्ब ७७ करोड माथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै सोलु हाइड्रोको सेयर कारोबार भएको छ । यस कम्पनीको ३९ करोड २५ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै आत्मानिर्भर लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् । यस कम्पनीका लगानीकर्ताले ८.५४ प्रतिशतका दरले कमाएका हुन् । आज सबैभन्दा धेरै अपर लोहोरे खोलाका लगानीकर्ताले गुमाएका छन् । यस कम्पनीका लगानीकर्ताले ६.९३ प्रतिशतका दरले गुमाएका हुन् ।

प्रकाशित मिति : श्रावण २२, २०८३ शुक्रबार  ४ : २२ बजे