काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य सामान्य घटेको छ ।
आइतबार तोलामा पाँच हजार ६ सय रूपैयाँ बढेको सुनको भाउ यसदिन प्रतितोला दुई सय रूपैयाँ घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख एक हजार पाँच सय रूपैयाँमा कारोबारभइरहेको छ।आइतबार सुन प्रतितोला तीन लाख एक हजार सात सय रूपैयाँमा कारोबार भएको थियो।
यस्तै, सोमबार चाँदीको मूल्य भने बढेको छ।आइतबार तोलामा चार हजार ६ सय ४५ रूपैयाँमा कारोबार भएको चाँदी सोमबार चार हजार ६ सय ७० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।









