त्रिशूली थ्री–‘ए’को सुरुङ फेला, उद्धार विज्ञ भित्र पठाइँदै



काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको त्रिशूली थ्री–‘ए’ जलविद्युत् आयोजनाको सुरुङमा फसेका कर्मचारीको उद्धारका लागि परिचालित टोलीले ‘केबल एक्सेस टनेल’ फेला पारेको छ ।

तीन दिनदेखि निरन्तर उद्धारमा खटिएको नेपाली सेना, नेपाल विद्युत् प्राधिकरण तथा सुरुङ विज्ञहरूको संयुक्त टोलीले विद्युत् गृहबाट तार बाहिर निकाल्ने सुरुङ फेला पारेको हो ।

नेपाल विद्युत् प्राधिकरणका कामु प्रबन्ध निर्देशक दीर्घायुकुमार श्रेष्ठका अनुसार उक्त सुरुङबाट उद्धार विज्ञलाई भित्र पठाएर सुरुङभित्रको अवस्थाबारे जानकारी लिने तयारी भइरहेको छ ।

उद्धार टोलीले यसअघि सुरुङभित्र हावा पठाउन पाँचवटा ड्रिल अर्थात् प्वाल बनाएको थियो । ती प्वालमार्फत सुरुङभित्रको अवस्था बुझ्ने र अक्सिजन पठाउने प्रयास भइरहेको छ ।

प्रकाशित मिति : भाद्र १४, २०८३ आईतबार  ४ : ४८ बजे