काठमाडौं । आज साताको पहिलो कारोबार दिन सेयर बजार भारी अंकले घटेको छ । नेप्से परिसूचक ४३.८९ अंकले घटेर २,५१३ को विन्दुमा कायम भएको छ ।
आज १९ कम्पनीको सेयर मूल्य बढेको छ भने २५५ कम्पनीको मूल्य घटेको छ ।
आज ३ अर्ब ६४ करोड माथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै शिवम् सिमेन्टको सेयर कारोबार भएको छ । यस कम्पनीको २६ करोड ३८ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै उपकार लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् । यस कम्पनीका लगानीकर्ताले १३।१६ प्रतिशतका दरले कमाएका छन् । आज सबैभन्दा धेरै मैलुङ खोलाका लगानीकर्ताले गुमाएका छन् । यस कम्पनीका लगानीकर्ताले १४।९८ प्रतिशतका दरले गुमाएका हुन् ।









