सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?



काठमाडौं । नेपाली बजारमा आज (मंगलबार) सुनको मूल्य घटेको छ।

हिजो (सोमबार) प्रतितोला दुई हजार चार सय रूपैयाँ घटेको सुनको मूल्य यसदिन तोलामा पाँच सय रूपैयाँ घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख ६ हजार एक सय रूपैयाँमा कारोबारभइरहेको छ। सोमबार सुन प्रतितोला तीन लाख ६ हजार ६ सय रूपैयाँमा कारोबार भएको थियो।

यस्तै, मंगलबार चाँदीको मूल्य पनि घटेको छ।सोमबार प्रतितोला चार हजार सात सय ८० रूपैयाँमा कारोबार भएको चाँदी यसदिन तोलामा चार हजार सात सय ६५ रूपैयाँ कारोबार भइरहेको छ।

प्रकाशित मिति : भाद्र १६, २०८३ मंगलबार  ११ : ३७ बजे