काठमाडौं । प्रभु बैंक लिमिटेडले भोटेकोशीको विनाशकारी बाढीबाट प्रभावित भएकाहरुको उद्धार, राहत तथा पुनस्र्थापनाका लागि दुई करोड एघार लाख एघार हजार एक सय एघार रुपैयाँ आर्थिक सहयोग गरेको छ ।
बैंकले नेपाल सरकार, प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी उक्त सहयोग गरेको हो ।
अर्थ मन्त्रालयमा आयोजित एक समारोहमा प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत श्री सुमन शर्माले सहयोग रकमको चेक हस्तान्तरण गरेका हुन् । सहयोग हस्तान्तरण कार्यक्रममा बैंकको तर्फबाट अध्यक्ष किशोर जंङ्ग कार्की, संचालकहरु राजु पौडेल, डा. अम्बिका शर्मा लामिछाने लगायतकोे उपस्थिति थियो ।
पिडितहरुको खोजतलास, उद्धार र राहत कार्यमा सहयोग पुगोस् भन्ने उद्धेश्यले संस्थागत सामाजिक उत्तरदायित्व बहन गर्दै सहयोग गरेको बैंकले जनाएको छ ।









