काठमाडौं । आज सेयर बजार दोहोरो अंकले घटेको छ । नेप्से परिसूचक १५.४३ अंकले घटेर २,५४५ को विन्दुमा कायम भएको छ ।
आज ७४ कम्पनीको सेयर मूल्य बढेको छ भने १९२ कम्पनीको मूल्य घटेको छ ।
आज ४ अर्ब १९ करोड माथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै रिलायन्स स्पीनिङ मिल्सको सेयर कारोबार भएको छ । यस कम्पनीको ४२ करोड ७६ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै अपर लोहोरे खोलाका लगानीकर्ताले कमाएका छन् । यस कम्पनीका लगानीकर्ताले १५ प्रतिशतका दरले कमाएका हुन् । आज सबैभन्दा धेरै इमर्जिङ नेपालका लगानीकर्ताले गुमाएका छन् । यस कम्पनीका लगानीकर्ताले १४.९९ प्रतिशतका दरले गुमाएका हुन् ।










