न्युरोडको एनएसी भवनलाई बहुतले पार्किङ बनाउन महानगरले माग्यो अनुमति



काठमाडौं । काठमाडौं महानगरपालिकाले न्युरोडस्थित नेपाल वायुसेवा निगम ९एनएसी०को भवनलाई बहुतले पार्किङमा परिणत गर्न सङ्घीय सरकारसँग अनुमति मागेको छ ।

काठमाडौंमा बढ्दो पार्किङ समस्या समाधानका लागि सिमित स्थानको अधिकतम सदुपयोग गर्ने उद्देश्यले एनएसी भवनमा बहुतले पार्किङ निर्माणको प्रश्ताव अघि बढाइएको हो ।

काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले आईतवार काठमाडौं महानगर प्रहरी बलको ३४ औँ वार्षिकोत्सवमा बोल्दै एनएसी भवनलाई बहुतले पार्किङ बनाउन महानगरलाई अनुमति दिन सङ्घीय सरकारसँग विशेष अनुरोध गरिएको बताईन् ।

कार्यवाहक प्रमुख डंगोलले एनएसी भवनमा बहुतले पार्किङ निर्माणपछि पार्किङ समस्या समाधानमा सहयोग पुग्ने बताइन् ।

प्रकाशित मिति : भाद्र २८, २०८३ आईतबार  ७ : २९ बजे