ब्रिटिश पूर्वप्रधानमन्त्री जोन्सन र युरोपेली अधिकारीहरूले यात्रा गरेको केही बेरमै रुसी ड्रोन हमला



काठमाडौं । ब्रिटिश पूर्वप्रधानमन्त्री बोरिस जोन्सन र युरोपका वरिष्ठ सुरक्षा अधिकारीहरूले यात्रा गरेको केही बेरमै युक्रेन-पोल्यान्ड सीमानजिकै एउटा युक्रेनी रेलमा रुसले ड्रोन हमला गरेको छ।

रुसी ड्रोन रेलको इन्जिनमा बज्रिएको भए पनि कोही हताहत भएको विवरण आएको छैन।

ड्रोन खस्नुअघि नै रेलबाट सबै यात्रुहरूलाई सुरक्षित रूपमा बाहिर निकालिएको युक्रेनी अधिकारीहरूले बताएका छन्।

किएभमा आयोजित एक सम्मेलनबाट फर्किने क्रममा जोन्सन र अन्य युरोपेली राष्ट्रिय सुरक्षा सल्लाहकारहरूले सोही रेलमार्ग प्रयोग गरेका थिए। उनीहरू अर्कै रेलमा चढेका थिए।

जोन्सनसहित युरोपेली उच्च सुरक्षा अधिकारीहरूले यात्रा गरेको रेलमार्गमा नै उनिहरु हुँदै गुज्रिएको केहीबेरमै ड्रोन हमला भएको हो।

युक्रेन र पोल्यान्डका अधिकारीहरूले रुसी ड्रोनले पोल्यान्ड सीमाबाट करिब २ किलोमिटर टाढा प्रहार गरेको बताएका छन् ।

प्रकाशित मिति : भाद्र २९, २०८३ सोमबार  १ : ५१ बजे