काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा प्रचण्डपथ ब्यूँताउनुपर्ने प्रस्ताव आएको छ । बैठकमा नेकपा स्थायी कमिटी सदस्य मातृका यादवले प्रचण्डपथ नभएकाले पार्टीमा भद्रगोल भएको धारणा राखेका हुन् ।
बुधबार बसेको स्थायी कमिटीको बैठकमा सदस्य यादवले प्रचण्डपथलाई पार्टीको मार्गदर्शक सिद्धान्त बनाउनुपर्ने प्रस्ताव राख्दा अरु नेता भने जिल्ल परेका थिए ।
प्रचण्डपथलाई तत्कालीन माओवादीले सशस्त्र विद्रोहको बेला २०५७ माघ–फागुनमा भएको दोस्रो राष्ट्रिय सम्मेलनबाट मार्गदर्शक सिद्धान्त बनाएको थियो । ०६५ पुसमा तत्कालीन माओवादी र एकता केन्द्रबीच एकता भएपछि प्रचण्डपथलाई पार्टीको पथ प्रदर्शक सिद्धान्तबाट स्थगित गर्ने निर्णय भएको थियो ।
त्यसबेलाको माओवादी र एमालेबीच एकता भएर नेकपा बनेको छ र बैचारिक बहसलाई एकता महाधिवेशबाट हल गर्ने सहमति भएको छ ।








