काठमाडौं । सिप्रदी र यात्रीको सहकार्यमा नेपालमै इन्जिनियरिङ तथा उत्पादन गरिएको नयाँ विद्युतीय स्कुटर ‘यात्री पी–२’ (YATRI P2) को औपचारिक मूल्य सार्वजनिक गरिएको छ । । योसँगै नेपालमै इन्जिनियरिङ्ग तथा उत्पादन गरिने विद्युतीय मोबिलिटी विकास गर्ने यात्रामा अर्को महत्वपूर्ण उपलब्धि थपिएको सिप्रदी यात्रीले जनाएको छ ।कम्पनीले यस स्कुटरको सुरुवाती मूल्य ३ लाख २९ हजार ९०० तोकेको छ।
ग्राहकले आफ्नो आवश्यकता, बजेट र रुचिअनुसार ब्याट्री क्षमता, रङ्ग तथा विभिन्न कनेक्टिभिटीका फिचरहरू छनोट गरी स्कुटरलाई आफूअनुकूल (कस्टमाइज) बनाउन सक्ने कम्पनीले जनाएको छ ।
नेपालका चुनौतीपूर्ण सडक, उकालो–ओरालो, घुम्ती र सहरी ट्राफिकलाई ध्यानमा राखेर पी–२ को डिजाइन गरिएको हो ।
मोटर र पर्फर्मेन्सस् यसमा पीएमएसएम (PMSM) मिड–ड्राइभ मोटर जडान गरिएको छ, जसले ह्वीलमा ३१५ Nm सम्मको टर्क उत्पादन गर्छ । उकालो सडकहरूमा समेत निरन्तर शक्ति प्रदान गर्न यसमा एक्टिभ्ली–कुल्ड हाई–पावर कन्ट्रोलर दिइएको छ ।
च्यासिस र सस्पेन्सनस् मजबुत स्टिल च्यासिस, लामो ट्राभल सस्पेन्सन र १४–इन्चका अलोय ह्वीलले खाल्डाखुल्डी तथा कच्ची सडकमा राम्रो स्थिरता र नियन्त्रण दिन्छन्।
ब्रेकिङ: सुरक्षित यात्राका लागि स्कुटरमा डुअल डिस्क ब्रेक र कम्बाइन्ड ब्रेकिङ सिस्टम (CBS) समावेश छ ।
तीन ब्याट्री विकल्प र ८ वर्षको वारेन्टी
दैनिक यात्राको आवश्यकता अनुसार ग्राहकले ३ वटा ब्याट्री भेरियन्ट रोज्न सक्नेछन्
३.० KWH ब्याट्री : वास्तविक सहरी अवस्थामा ९० किमी सम्मको रेन्ज
३.७ KWH ब्याट्री : वास्तविक सहरी अवस्थामा ११२ किमी सम्मको रेन्ज
५.२KWH ब्याट्री : वास्तविक सहरी अवस्थामा १५७ किमी सम्मको रेन्ज
लामो दूरी यात्रा गर्न चाहनेका लागि ‘एक्स्टेन्डर प्याक’ मार्फत थप ५० किलोमिटरसम्म रेन्ज बढाउन सकिने सुविधा उपलब्ध छ । कम्पनीले स्कुटरको ब्याट्रीमा उद्योगकै अग्रणी ८ वर्ष वा ८०,००० किलोमिटर सम्मको वारेन्टी प्रदान गरेको छ।
पी–२ मा अनबोर्ड चार्जर जडान गरिएकाले घरमा चार्ज गर्दा छुट्टै एडाप्टर बोक्नुपर्ने झन्झट हुँदैन । घरमै यसलाई साढे २ घण्टाभन्दा कम समयमै फुल चार्ज गर्न सकिन्छ । साथै, लामो यात्राका लागि यसमा डीसी (DC) फास्ट चार्जिङ सुविधा पनि छ, जसले करिब ४१ मिनेटमै ब्याट्री चार्ज गर्छ । सिप्रदी यात्रीले देशभर आफ्ना चार्जिङ नेटवर्कहरू विस्तार गरिरहेको जनाएको छ।
स्मार्ट कनेक्टिभिटी र आधुनिक प्रविधि
७ इन्चको TFT डिस्प्ले : वायरलेस एप्पल कारप्ले (Apple Carplay) र एन्ड्रोइड अटो (Android Auto) सपोर्ट गर्ने आधुनिक डिस्प्ले जडान गरिएको छ, जसबाट नेभिगेसन तथा अन्य जानकारी सहजै हेर्न सकिन्छ।
४G कनेक्टिभिटी र मोबाइल एपस् स्कुटर चौबिसै घण्टा इन्टरनेट नेटवर्कमा जोडिने भएकाले मोबाइल एपमार्फत लाइभ भेहिकल ट्र्याकिङ, रियल–टाइम चार्जिङ स्थिति, रुट प्लानिङ र सर्भिस बुकिङ गर्न सकिन्छ।
किलेस इन्ट्री र सुरक्षास् प्रोक्सिमिटी डिटेक्सन प्रविधिका कारण चाबीबिना नै स्कुटर स्टार्ट गर्न सकिन्छ। यसका अलावा एन्टी–थेफ्ट नोटिफिकेसन, मोटर लक, हिल होल्ड, क्रुज कन्ट्रोल, क्लास–डी हेडल्याम्प र रिजेनेरेटिभ ब्रेकिङजस्ता स्मार्ट फिचरहरू स्कुटरमा उपलब्ध छन्
कम्पनीका अनुसार काठमाडौंको टेकुस्थित नयाँ एक्सपेरियन्स सेन्टर अक्टोबर २०२६ को पहिलो सातादेखि सञ्चालनमा आउनेछ, जहाँ ग्राहकले स्कुटरको प्रत्यक्ष अनुभव, टेस्ट राइड र बुकिङ गर्न सक्नेछन्।
नाडा अटो शोका दौरान पी–२ प्रि–बुकिङ गरेका ग्राहकहरूलाई प्राथमिकतामा राखी डेलिभरी सुरु गरिनेछ। जसअन्तर्गत ३.७ Kwh र ५.२ Kwh भेरियन्टको डेलिभरी अक्टोबर मध्यदेखि नोभेम्बरभित्र र बाँकी भेरियन्टको डेलिभरी डिसेम्बर २०२६ देखि सुरु हुनेछ।
नेपालमै दुई वर्षभन्दा बढी समय लगाएर अनुसन्धान तथा विकास गरिएको यो स्कुटरले ‘बर्न हियर, बिल्ट फर द वर्ल्ड’ (नेपालमै निर्मित, विश्व बजारका लागि योग्य) भन्ने सन्देश बोकेको सिप्रदी यात्रीले उल्लेख गरेको छ। पी–२ मार्फत नेपालमै विकास गरिएको विद्युतीय मोबिलिटीलाई स्थानीय सडक तथा परिस्थितिअनुकूल इन्जिनियरिङ्ग गर्न सकिन्छ भन्ने देखाउँदै, विश्व बजारका लागि आवश्यक प्रविधि र कार्यक्षमतासमेत समेट्न सकिने उद्देश्य पुरा भएको छ ।











