काठमाडौं। अविरल वर्षाका कारण ललितपुर महानगरपालिका–२४ धापाखेलमा सोमबार बिहान साढे दुई तले घर ढलेको छ।
ललितपुर महानगरपालिका–२४ धापाखेलमा पहिरो खस्दा घर नै ढलेको हो।
स्थानीय सोवितकुमार थापाको साढे दुई तले पक्की घर बिहान करिब ६ बजेर ३५ मिनेटको समयमा भत्किएर ढलेको ललितपुर प्रहरी परिसरका प्रवक्ता गौतम मिश्रले जानकारी दिए।
भिरालो सतहमा बनेको उक्त घर निरन्तरको वर्षाका कारण मुनिको माटो गल्दै जाँदा जगसहित खसेको हो।










