दशैंमा खसीबजारः किसानले पाएका छैनन् मूल्य, उपभोक्ता प्रतिकिलो २ हजारमा किन्दै



काठमाडौं । यस वर्षको दशैँमा काठमाडौं उपत्यकामा खसीको मासु अघिल्लो वर्षको तुलनामा निकै महँगो भएको छ ।

गत वर्षको दशैंँमा खसीको मासु प्रतिकिलो १३ सयदेखि १४ सय रुपैयाँमा विक्री भएकोमा अहिले यसको मूल्य प्रतिकिलो १८ सय ५० सम्म पुगेको छ ।

नेपालको सबैभन्दा बढी मासु खपत हुने पर्व दशैंको मुखमा बजारमा खसीको मूल्य बढेपनि किसानले भने सोचेअनुसारको मूल्य पाउन नसकेको गुनासो गरेका छन् ।

खसी व्यापारीहरुले आपूर्ति घट्नु, ढुवानी तथा दानाको लागत बढ्नु र बाढीपहिरोपछि ग्रामीण क्षेत्रबाट खसीबोका ल्याउन कठिन हुनुलाई मूल्यवृद्धिको कारण मानेका छन् ।

काभ्रेबाट खसीबोका बिक्री गर्न आएका किसान बैनसिंह मोक्तानले खसी बिक्री गर्न समस्या नभएपनि सोचेअनुसार मूल्य पाउन नसकेको गुनासो गरे।

यता किसानले उचित मूल्य नपाएको गुनासो गरिरहेका बेला उपभोक्ताले भने मासु पललबाट १७०० सयदेखि १८ सय ५० रुपैयाँ प्रतिकिलो रुपैयाँमा किन्नुपरेको छ। मासु उपभोक्ता अमृत तिवारीले जिउँदो खसीको प्रतिकिलो ९ सयदेखि १ हजार र तयारी मासु १८ सय देखि २ हजार प्रतिकिलोको हिसावले किनिरहेको बताए।

प्रकाशित मिति : कार्तिक १, २०८३ आइतबार  ५ : ५४ बजे