तराईमा मौसम सफा रहने, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना



काठमाडौं ,कात्तिक २ । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भू(भागका साथै कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भू(भागमा आंशिक बादल लागेको छ र बाँकी भू(भागमा मौसम मुख्यतया सफा रहेको छ।

दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको हिमाली र पहाडी भू(भागका साथै कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भू(भागमा आंशिक बादल लाग्नेछ। कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू(भाग साथै देशको तराई भू(भागमा मौसम मुख्यतया सफा रहनेछ। देशको हिमाली भू(भागका साथै कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू(भागका एकरदुई स्थानमा मेघगर्जन र चट्याङ्ग सहित हल्का वर्षा र हिमपातको सम्भावना छ ।

राति देशका हिमाली भू(भागमा आंशिक बादल लाग्ने, पहाडी भू(भागमा मौसम मुख्यतया सफा रहनेछ तथा तराई भू(भागमा बिहानपख केही स्थानमा हुस्सु र कुहिरो लाग्नेछ । कोशी र गण्डकी प्रदेशको हिमाली भू(भागका एकरदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।

प्रकाशित मिति : कार्तिक २, २०८३ सोमबार  ९ : ०६ बजे