नेपाली कांग्रेसका पदाधिकारी र सदस्यको शपथ तथा प्रमाणपत्र वितरण कात्तिक १२ गते



काठमान्डौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूको पद तथा गोपनीयताको शपथ ग्रहण र प्रमाणपत्र वितरण कार्यक्रम कात्तिक १२ गते गर्ने तयारी गरिएको छ ।

सभापति गगन थापाले असोज ३१ गते नै पद तथा गोपनीयताको शपथ लिइसकेका छन् । तर, सभापतिबाहेक अन्य पदाधिकारी तथा केन्द्रीय सदस्यहरूले भने अहिलेसम्म शपथ लिएका छैनन् । उनीहरूले निर्वाचित भएको प्रमाणपत्रसमेत पाएका छैनन् ।

गत असोज १८ देखि २३ गतेसम्म सम्पन्न महाधिवेशनले २३१ सदस्यीय केन्द्रीय समिति चयन गरेको थियो ।

प्रकाशित मिति : कार्तिक ८, २०८३ आइतबार  २ : ४४ बजे