एनपीएल : काठमाण्डौं गोर्खाजले दियो जनकपुर बोल्ट्सलाई ११६ रनको लक्ष्य



काठमाडौं , कात्तिक १२ । नेपाल प्रिमियर लिग ‘एनपीएल’को आजको खेलमा काठमाण्डौं गोर्खाजले जनकपुर बोल्ट्सलाई ११६ रनको लक्ष्य दिएको छ ।

बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा टस जितेर पहिला ब्याटिङ गरेको काठमाडौंले निर्धारित १९।३ ओभरमा ११५ रनमा अलआउट भयो ।

जनकपुर दोस्रो खेल खेल्दैछ भने काठमाडौं पहिलो खेल खेलिरहेको हो । जनकपुर यसअघि कर्णाली याक्ससँग १९ रनले पराजित भएको थियो ।

प्रकाशित मिति : कार्तिक १२, २०८३ बिहिबार  २ : ४५ बजे