काठमाडौं। सर्वोच्च अदालतका प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले फुलकोर्ट बैठक बोलाएका छन्।
उनले आजको इजलास बस्नुअघि फुलकोर्ट बैठक बस्ने गरी बोलाएको बताइएको छ।
पछिल्लो समय प्रधानन्यायाधीश शर्मा र न्यायाधीश हरि फुयाँलको नाम बिचौलिया इनम सापकोटासँग जोडिएका समाचार सार्वजनिक भइरहेका छन्। यद्यपि शर्मा र फुयाँलले आफूहरु चोखो भएको विज्ञप्ति निकालेका छन्। आजको बैठकमा बिचौलिया विषयले प्रवेश पाउन सक्ने बताइन्छ।










