कांग्रेसले बोलायो प्रतिपक्षी दलहरूको बैठक



काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै प्रतिपक्षी दलहरूको संयुक्त बैठक बोलाएको छ।

सरकारको स्वेच्छाचारिता, प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप र संविधानमाथि भइरहेको प्रहारलगायत विषयमा साझा धारणा बनाउन कांग्रेसले बैठक आह्वान गरेको हो।

कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेको आह्वानमा आज ‘सोमबार’ दिउँसो १ बजे सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बैठक बस्नेछ।

बैठकमा नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी ‘नेकपा’, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी ‘राप्रपा’ लाई आमन्त्रण गरिएको छ।

प्रकाशित मिति : कार्तिक १६, २०८३ सोमबार  १० : २४ बजे