बुधबार दोहोरो अंकले घट्यो नेप्से



२ मंसिर, काठमाडौं । बुधबार पनि सेयर बजार घटेको छ । अघिल्लो दिनको तुलनामा बजार परिसूचक नेप्से ११. ०५ अंक घटेको छ । यो कमीसँगै नेप्से २६२५ अंकमा कायम भएको छ । अघिल्लो दिन १.७९ अंकले बजार घटेको थियो ।

मंगलबार चार अर्ब ३४ करोडको कारोबार गरेका लगानीकर्ताले बुधबार चार अर्ब १५ करोडको कारोबार गरेका हुन् ।

बैंकिङ ०.०५ प्रतिशत बढेको छ भने अरु समूहगत सूचक घटेका छन् । विकास बैंक ०.६५, फाइनान्स ०.९१, होटल तथा पर्यटन ०.३२, जलविद्युत् ०.४७, लगानी ०.१७, जीवन बीमा ०.३५, उत्पादन तथा प्रशोधन ०.४९, माइक्रोफाइनान्स ०.५४, निर्जीवन बीमा ०.६५, अन्य ०.५९ तथा व्यापार २.४९ प्रतिशत घटे ।

कारोबारमा आएका ३४७ कम्पनीमध्ये ७० वटाको मात्रै मूल्य बढ्दा १९९ वटाको भने घटेको छ । १० कम्पनीको मूल्य स्थिर रह्यो ।

प्रकाशित मिति : मंसिर २, २०८३ बुधबार  ४ : १८ बजे