एसपी दानबहादुर मल्लले चितवन छाडे



चितवन –

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक (एसपी) दानबहादुर मल्लले चितवन छाडेका छन् ।

उनले आजमात्रै दरबन्दीका लागि रवाना बुझेर चितवनबाट काठमाडौं हिँडेका छन् ।

एसपी मल्लले जिल्लाका डिएसपीलाई चार्ज बुझाएको ३ नम्बर प्रदेश प्रहरी कार्यालयले पुष्टि गरेको छ।

एसपी मल्ल आजै चितवनबाट काठमाडौं आउँदै छन्।

सरुवा भएको दुई हप्तासम्म पनि जिल्ला नछाडेपछि मल्लको चर्को आलोचना भएको थियो।

मल्लको स्थानमा प्रहरी प्रधान कार्यालयले एसपी गंगा पन्तलाई सरूवा गरेको छ।

उनलाई आजै जिल्ला प्रहरी कार्यालय तथा चितवनका विभिन्न संघ–संस्थाले बिदाइसमेत गरेका छन् । उनले आजै डीएसपी एकनारायण कोइरालालाई बरबुझारथ गरेका छन् । जिल्ला प्रहरी प्रवक्तासमेत रहेका कोइरालाले आज मल्ललाई कार्यालयबाट बिदाइ गरिएको जानकारी दिए ।

मल्लले आफूलाई निमित्त जिम्मेवारी सुम्पिएको भन्दै कोइरालाले अर्का एसपी गंगा पन्त कहिले आउने भन्ने विषयमा एकिन जानकारी नभएको बताए ।

 

प्रकाशित मिति : पुस १८, २०७६ शुक्रबार  १० : ४० बजे