नाट्टाको चुनाबमा नेकपा निकटलाई हराउदै कांग्रेसका गुरागाइ अध्यक्ष निर्बाचित



काठमाडौं –

नेपाल एशोसिएसन फर ट्राभल्स एण्ड टुर्स एजेन्ट्स (नाट्टा)को नयाँ नेतृत्वका लागी भएको निर्बाचनमा नेपाली कांग्रेस निकट लोकतान्त्रिक प्यानलका उम्मेदवार अच्युत गुरागाईं (नाट्टा)को नयाँ अध्यक्ष निर्वाचित भएका छन् ।

२ वर्षे कार्यकालको लागि शुक्रबार भएको निर्वाचनमा गुरागाइँले १५० मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी सत्तारुढ नेकपा निकट उम्मेदवार भीमप्रसाद उपाध्यायले १२६ मत प्राप्त गरेका थिए । अध्यक्ष पदका अर्का उम्मेदवार मिहिका धाख्वाले १ सय ९ मत पाएकी थिइन ।

तेस्तै निर्बाचनबाट त्य वरिष्ठ उपाध्यक्षमा विनय बस्नेत, उपाध्यक्ष रमेश थापा, माहासचिवमा सुधीरकुमार उपध्याय, सचिव जिँस्वा तुलाधर कोषाध्यक्ष कुमारमणि थपलिया तथा सह–कोषाध्यक्षमा युविका भण्डारी निर्वाचित भएका छन् ।

त्यस्तै, ८ जना सदस्यहरुका लागि १९ जनाको उम्मेदवारी परेकोमा गीता ढकाल, लक्ष्मी कार्की, विष्णु कार्की, हरिकुमार श्रेष्ठ, भरतजंग पाण्डे, सुवर्ण श्रेष्ठ, डेण्डी शेर्पा र राजकुमार देवकोटा निर्वाचित भएका छन् ।

निर्बाचनबाट अध्यक्ष बनेका अच्युत गुरागाईं बिगत २७ वर्षदेखि पर्यटन व्यवसायमा क्रियाशील छन् ।नाट्टाको नेतृत्वमा रहँदा नेपालको पर्यटन प्रवद्र्धनलाई सहयोग पुर्याउने र यो क्षेत्रको व्यवसायिक वातावरण थप सौहार्दपूर्ण र मजबुत बनाउँदै लैजाने उनले बताए ।

प्रकाशित मिति : माघ ४, २०७६ शनिबार  १० : ३१ बजे