डडेल्धुरा अस्पतालमा करिव दुई महिना देखी वन्द रहेको सिएस सेवा पुनः सुचारु भएको छ । स्त्रीरोग विशेषज्ञ डा जगदिश चन्द्र विष्ट आए संगै डडेल्धुरा अस्पतालमा वन्द रहेको सिएस सेवा अर्था सल्यक्रिया गरेर वच्चा जन्माउने सेवा शुरु भएको हो ।
सिएस सेवा शुरु भए संगै डडेल्धुरा सहित डोटी, वझाङ,बैतडी सहित दार्चुलाका गर्भवती महिलाहरुलाई सहज भएको छ । डडेल्धुरा अस्पतालमा अहिले सिएस सेवा स.चालनमा आईसकेकाले तराईका जिल्ला जानु पर्ने वाध्यताको अन्त्य भएको अस्पतालका निमित्त प्रमुख डा.विष्टले वताउँनु भयो ।‘अहिले डडेल्धुरा अस्पतालमै सिएस सेवा दिइरहेका छौ , ‘ जस्का कारण सुदुरपश्चिमका पिहाडि जिल्लाका गर्भवती महिलाहरुका लागि सहज भएको छ ।’ निमित्त प्रमुख विष्टले भने । ’ डडेल्धुरा अस्पतालमा सिएस सेवा वन्द हुँदा यस क्षेत्रका गर्भवती महिलाहरु धनगढी जाँदा वाटोमै एम्वुलेन्समा वच्चा जन्माउन वाध्य हुने गरेका थिए ।
चिकित्सकको अभावमा सुदुरपश्चिम प्रदेशका पहाडि जिल्लामा सिएस सेवा अर्थात सल्यक्रिया गरेर प्रसुती हुने समस्या जटिल समस्याका रुपमा रहँदै आईरहेको छ । सिएस सेवाका साथै भिडियो एक्सरे सेवा समेत सुचारु भएको छ । डडेल्धुरासिएस सेवाका साथै डडेल्धुराअसपतालमा वालरोग विशेषज्ञ चिकित्सक आएपछि वाल रोगको समेत उपचार डडेलधुरा अस्पतालमैभईरहेको छ । समायोजनका कारण चिकित्सक विहिन वनेको डडेलधुरामा अस्पतालमा विस्तारै चिकित्सक आउने थाले संगै स्थानियहरुले उपचार सेवा पाउँन थालेका छन् ।










