राष्ट्रिय सम्पतिको यती धेरै दुरुपयोग हुन्छ भन्ने कसैले सोचेको थिएन : काँग्रेस नेता मिनेन्द्र रिजाल



सांसद एबम काँग्रेस नेता डा .मिनेन्द्र रिजालले अझै ६ वर्ष सम्झौता अबधि बाँकी हुँदै नयाँ सम्झौता गरेर गोकर्ण रिसोर्टको जग्गा हतारहतार फेरि यती समूहलाईनै सुम्पनुको कारण के ? भनि प्रश्न उठाएका छन ।

बिहिबार बसेको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै नेता रिजालले गणतन्त्र आएसँगै राजाको सम्पपति राष्ट्रियकरण गरेपछि उक्त सम्पतिको दुरुपयोग यो हदसम्म हुन्छ भन्ने कसैले पनि नसोचेको बताए ।उनले भने, ‘यस्तो कार्य कुनै पनि हालतमा स्वीकार्य हुँदैन । छानविन गरिनुपर्छ र दोषीलाई कारबाही गर्नुपर्छ ।’

नेता रिजालले बर्तमान सरकारको पालामा राष्ट्रिय सम्पतिको अत्याधिक दोहन बढेको भन्दै सरकारले भन्ने एउटा र गर्ने अर्कै भइरहेको आरोप लगाए ।रिजालले सरकारी सम्पतिमाथी सरकार सत्तारुढ नेताहरुको हालिमुहाली हुनु दुखद भएको समेत बताए ।

नेपाल ट्रष्टको स्वामित्वमा रहेका सरकारी जग्गा भाडामा दिदा अनिमियतता भएको भन्दै पछिल्लो समय नागरिक स्तरमा समेत छानबिनको माग उठी रहेको छ ।

अब सार्वजनिक लेखा समितिमा समेत यो बिषयमा छलफल शुरु भएको छ ।समितिको आजको बैठकमा बोल्ने अधिकांश सांसदले नेपाल ट्रष्टले गरेका अधिकांश सम्झौतामा चलखेल भएको तथ्य र प्रमाणले स्पष्ट पारेको भन्दै किन त्यस्तो गरिएको हो, स्पष्ट पार्नसमेत आग्रह गरेका छन् ।

प्रकाशित मिति : माघ १६, २०७६ बिहिबार  ११ : ०४ बजे