कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या २ हजार, सङ्क्रमितको सङ्ख्या ७५ हजार नाघ्यो,



पछिल्लो तथ्याङ्क अनुसार चीनमा कोरोना भाइरसबाट ज्यान गुमाउनेको सङ्ख्या दुई हजार नाघेको छ ।

मंगलबार मात्रै चीनमा कोरोना भाईरसका कारण १३६ जनाको ज्यान गएको छ। यो सँगै चीनमा कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या २ हजार ४ पुगेको छ ।

पछिल्लो समय चीन बाहिर पनि कोरोनाको संक्रमण बढ्न थालेको छ । चीन बाहिर सबैभन्दा बढी जापानमा संक्रमित फेला परेका छन् । जापानमा हालसम्म ५ सय २० जना संक्रमित फेला परेका छन् ।

यस्तै कोरोना भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या ७५ हजार नाघेको छ। मंगलबार चीनमा १७४९ जना नयाँ संक्रमित भेट्टिएका छन् ।

यसैगरी टोकियो नजिक सागामिहारा शहरको एक अस्पतालमा कार्यरत कर्मचारीको कोरोना भाईरसको संक्रमणबाट ज्यान गएको छ ।

यसबारेमा अस्पतालले पुष्टि गर्न बाँकी रहेको जापानी सञ्चारमाध्यमहरुले जनाएका छटन् । चीनबाहिर फिलिपन्स, हङकङ र फ्रान्समा एक एक तथा जापानमा २ जनाको ज्यान गएको छ।

प्रकाशित मिति : फाल्गुन ७, २०७६ बुधबार  ५ : ५४ बजे