कार्तिक ६,सल्लेरि-
पर्यटकीय सिजन शुरु भय सगै सोलुखुम्बुको खुम्बु क्षेत्रको यात्रामा रहेका एक स्पेनिस नागरिकको खुम्बुपासाङल्हामु गाउँपालिका ४ स्थित जोङ्ला भन्ने स्थानमा सोमबार दिउँसो लेक लागेर मृत्यु भएको छ ।
साढे १२ बजे भ्रमणको लागि जोङलाबाट चोलापास जाने क्रममा अचानक लेक लागेर उनी बिरामी भएका उनलाई तत्काल अल्टिच्युट हेलिकेप्टरबाट उद्धार गरि पासाङल्हामु निकोल निक्की अस्पताल लुक्ला उपचारकालािग लगिए पनि उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरी प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।
प्रहरीका अनुसार मृतक स्पेनिस नागरिक एन्टोनिओको शव सोमबारै परिक्षणकालागि काठमाण्डौ महाराजगञ्ज स्थित शिक्षण अस्पताल पठाइएको छ ।
प्रत्यक बर्ष असोज महिनाको शुरुवात सगै बिभिन्न देशका हजारौ पदयात्री पर्यटकहरु खुम्बुक्षेत्रको भ्रमणका लागि जाने गर्दछन ।