उद्यमसिलताका वारेमा ज्ञान लिदै महिलाहरु



सधै जसो चुलो चौकोमा मात्रै सिमित रहने डडेलधुराका महिलाहरु पछिल्लो समयमा लघु उद्यमसिल्तका वारेमा ज्ञान लिन थालेका छन् । स्थानिय स्रोत साधन पहिचान तथा सम्भाव्य उद्योग स्थापनाका साथै व्यवसाय छनौट गर्ने तौर तरिका लागि सहज होस् भन्दै डडेल्धुराका महिलाहरु उद्यमसिल्ताका वारेमा ज्ञान लिन थालेका हुन् ।

गरिवि निवारणका लागि लघुउद्यम विकास कार्यक्रम अन्र्तगत घरेलु तथा साना उद्योग विकास समिति डडेल्धुराले जिल्लामा पिछडीएका र ग्रामिण क्षेत्रका महिलाहरुलाई लक्षीत गर्दै उद्यमी वनाउँनका लागि उद्यमसिल्ता तालीम संचालन गरेको छ ।

उद्यमी वन्न चाहने महिलाहरुलाई उद्योग संचालन गर्न देखी लिएर वजारको पहिचान र वजार व्यवस्थापनका लागि सहज होस् भन्दै विभिन्न किसिमका तालिम दिन थालेको घरेलु तथा साना उद्योग विकास समिति डडेल्धुराका प्रमुख केशव भण्डारीले वताउँनु भयो । ‘महिलाहरु कृषि पेशा देखी घरायसी काममा मात्रै सिमित हुँने महिलाहरुलाई आयआर्जनमा सहभागि गराउँने उदेश्यले उद्यमसिल्ता तालिम दिइन थालिएको हो ।,’उनले भने । ‘उद्यम सिल्ता तालिम वाट स्थानिय स्तरमा पाईने स्रोत साधनको पहिचान गर्नका लागि पनि महिलाहरुलाई सहज हुनुका साथै वजारको अवस्थाका वारेमा समेत ज्ञान हासिल हुने छ ।’

उद्यमसिल्ता तालिम पश्चात वजार तथा वजार सम्भाव्यतको पहिचान सहित व्यवसाय गर्ने तौर तरिकाका वारेमा ज्ञान भएको तालिममा सहभागि सविता चन्द भण्डारीले वताईन् ।पहिला उद्योग संचालनका वारेमा आफुहरुलाई ज्ञान थिएन तर उद्यमसिल्ता तालिम पाएपछि अव आफुहरु स्थानिय स्तरमा पाईने स्रोत साधनको प्रयोग गरेर लघु उद्योग संचालन गर्न सक्ने समेत भण्डारीले वताईन् ।

जिल्लाका सातवटै स्थानिय तहमा गई उद्यमी वन्ने महिलाहरुको छनौट गरेर उद्यमसिल्ता तालिम दिइन थालेपछि घरको काम छोडेर पनि यहाका महिलाहरु तालिममा सहभागि हुन थालेका छन् । पुरुष मात्रै उद्यमी हुने गरेको डडेलधुरामा पछिल्लो समयमा महिलाहरु पनि उद्यमी वन्नका लागि सक्रिय रुपमा सहभागि हुन थालेका छन् ।घरेलु तथा साना उद्योग विकास समिति डडेल्धुराले तालिमका साथ साथै विभिन्न मेशीनहरु पनि दिदै आईरहेको छ ।

प्रकाशित मिति : फाल्गुन १७, २०७६ शनिबार  १ : ५९ बजे