आजको मौसम : चट्याङसहित वर्षा हुने



काठमाडौं । मंगलबार देशका केही भूभागमा मेघगर्जन,चट्याङसहित वर्षाको सम्भावना रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार मध्य र पूर्वी पहाडका केहि स्थानमा तथा पश्चिम पहाडका एक–दुई स्थानमा मेघगर्जन–चट्याङसहित वर्षा हुने सम्भावना रहेको छ ।

अपराह्नपछि मध्य र पूर्वी पहाडका आइसुलेटेड (निश्चित ठाउँ) वर्षा हुने सम्भावना रहेको छ । महाशाखाले मंगलबार बिहान ६ बजे जारी गरेको बिशेष बुलेटिनमा भनिएको छ पहाडी भू९भागका थोरै स्थानहरुमा मेघ गर्जन,चट्याङसहित वर्षाको सम्भावना रहेकोले सतर्कता अपनाउनुहुन अनुरोध छ।

तर आज हावाहुरीको सम्भावना नरहेको जनाएको छ। अहिले प्रिमनसुन चलिरहेको छ। यो हावाहुरी र चट्याङको बढी सम्भावना रहेको मौसम हो ।
आज काठमाडौं उपत्यकाको मौसम पनि बदली हुनेछ।

प्रकाशित मिति : फाल्गुन २०, २०७६ मंगलबार  २ : ४० बजे