नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारिणी सदस्य प्रकाश सिंह कार्की नेपाल उद्योग वाणिज्य महासंघको आगामी निर्बाचनमा पुन : उम्मेद्वार बन्ने भएका छन ।
नेपाल फ्रेट फर्वाडर्स एसोसिएसन(नेफा) को बैठकले कार्किलाई बस्तुगत संघ तर्फबाट उद्योग वाणिज्य महासंघको कार्य समिति सदस्यमा उम्मेदवार बनाउन सर्वसम्मत निर्णय गरेसगै कार्किको उम्मेदवारी पक्का भएको हो ।
निजी क्षेत्रले गरेको लगानी सुरक्षित बनाउन र देशमा लगानिमैत्री वातावरणको अवस्था सिर्जना गर्न आफुले काम गर्न चाहेको र यही उद्देश्यका साथ नेपाल उद्योग वाणिज्य महासंघको सदस्यमा उम्मेद्वार बन्ने तयारिमा आफु रहेको कार्किले बताएका छन ।उधोग र ब्यापार ब्यबसाय क्षेत्रका सबैसग हातेमालो गरेर यस क्षेत्रका समस्या समाधानका लागी आफुले काम गर्न चाहेको पनि कार्किले उल्लेख गरेका छन ।
देशमा लगानिको वातावरण बनाउदै आर्थीक सम्बृद्दी हासिल गर्न अझै धेरै काम गर्न बाकी रहेकोमा जोड दिदै उनले सरकार र निजी क्षेत्रको सहकार्यबाट मात्रै त्यो सम्भब रहेको समेत बताएका छन । निजी क्षेत्रप्रती सरकारको स्पस्ट निती र निजी क्षेत्रले भोगेका समस्याहरु समाधानका लागी सरकार प्रतिबद्द हुनुपर्नेमा पनि कार्किले जोड दिएका छन ।
आफुलाई उद्योग वाणिज्य महासंघको कार्य समिति सदस्यमा उम्मेदवार बनाउन सर्वसम्मत निर्णय गरेकोमा कार्किले नेपाल फ्रेट फर्वाडर्स एसोसिएसन र एसोसिएसनमा आबद्द सबैलाई धन्यबाद समेत दिएका छन ।
आगामी चैत्र २८ र २९ गते नेपाल उद्योग वाणिज्य महासंघको वार्षिक साधारण सभा र कार्य समितिको निर्वाचन हुने तय भइसकेको छ ।
हाल नेपाल फ्रेट फर्वाडर्स एसोसिएसन(नेफा) को अध्यक्ष समेत रहेका कार्की नेपाल उद्योग वाणिज्य महासंघको अघिल्लो कार्य समितिको निर्वाचनमा समेत सदस्य पदमा निर्बाचित भइसकेका छन ।
कार्की हाल सामाजिक काममा पनि उत्तिकै सक्रीय रहेका छन ।








