कोरोना भाइरसबारे एकद्धार प्रणालीमा सूचना प्रवाह गरिने



कोरोना भाईरस ९कोभिड–१९० बारे छलफल गर्न सरकारले डाकेको सर्वदलीय बैठक सम्पन्न भएको छ । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको अध्यक्षतामा बसेको उक्त बैठकमा कोरोनाबारे सही सुचना प्रवाह नभएकोबारे गुनासो भएको थियो ।

संसदमा प्रतिनिधित्व गर्ने राष्ट्रिय दलका प्रतिनिधिहरुले सुझाव तथा सरकारको ध्यानाकार्षण गराएका थिए । अबदेखि कोरोनाबारे सरकारको तर्फबाट सुचना प्रवाह गर्दा एकद्धार प्रणालीबाट गर्ने सहमति भएको छ । सरकारको तर्फबाट स्वास्थ्यमन्त्री वा प्रवक्तामध्ये एक जनाले मात्रै सुचना प्रवाह हुने भएको छ ।

उक्त बैठकमा कोरोनाबारे सही सुचना प्रवाह नभएकोबारे गुनासो भएको थियो । संसदमा प्रतिनिधित्व गर्ने राष्ट्रिय दलका प्रतिनिधिहरुले सुझाव तथा सरकारको ध्यानाकार्षण गराएका थिए । अबदेखि कोरोनाबारे सरकारको तर्फबाट सुचना प्रवाह गर्दा एकद्धार प्रणालीबाट गर्ने सहमति भएको छ । सरकारको तर्फबाट स्वास्थ्यमन्त्री वा प्रवक्तामध्ये एक जनाले मात्रै सुचना प्रवाह हुने भएको छ । बैठकमा सहभागी प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका युवा नेता तथा पूर्व स्वास्थ्यमन्त्री गगन कुमार थापाले आफूहरुले अहिलेसम्मको तयारी के छ रु भनेर सरकारलाई प्रश्न गरेको सुनाए ।

नेपालमा कोरोनाको संक्रमण भित्रिन नदिनको लागि आजको बैठकमा सहभागी सबै दलका नेताहरु सहमत भएका छन। आजको छलफलमा नेकपाबाट पूर्वमन्त्रीत्रय पुष्पकमल दाहाल ‘प्रचण्ड’, झलनाथ खनाल र माधवकुमार नेपालको सहभागिता थियो । त्यस्तै मन्त्रिपरिषदका पूर्व अध्यक्ष खिलराज रेग्मीको पनि सहभागिता थियो ।

त्यस्तै, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको तर्फबाट बालकृष्ण खाँण र गगन थापा, र राजपाका तर्फबाट राजेन्द्र महतो, महन्थ ठाकुर, महेन्द्र राय यादव तथा संघीय समाजवादी राजेन्द्र श्रेष्ठ रहेका थिए ।

प्रकाशित मिति : फाल्गुन २८, २०७६ बुधबार  १ : ०७ बजे