काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार नेपालमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको जनाएको छ। महाशाखाले सोमबार देशका पहाडी भू–भागमा आंशिक मौसम बदली हुने जनाएको छ ।
यसैगरी, महाशाखाले आज दिउँसो देशका पहाडी भू–भागहरुमा आंशिक बदली हुने र बाँकी भागमा मौसम सामान्यतया सफा हुने पूर्वानुमान गरेको छ ।
राति पनि देशका पहाडी भेगमा आंशिक बदला हुन सक्ने र अन्य क्षेत्रहरुमा भने मौसम सफा रहने पूर्वानुमानमा उल्लेख गरिएको छ ।










