स्वास्थ्य उपकरण खरिदका लागी सरकारले गरेको बिबादित सम्झौता रद्द, ओम्नीको ५ करोड धरौटी जफत



स्वास्थ्य सेवा विभागले कोरोना भाइरस कोभिड-१९ को नियन्त्रण र उपचारकाका लागि ओम्नी समूहसँग अत्यावश्यक स्वास्थ्य सामाग्री ल्याउन गरेको सम्झौता रद्ध गरेको छ ।

बुधबार स्वास्थ्य मन्त्रालयले आयोजना गरेको पत्रकार सम्मेलनमा विभागका महानिर्देशक महेन्द्र श्रेष्ठले ओम्नी सगा गरेको यस अघिको सम्झौता रद्द गरिएको बताएका हुन ।ओम्नीले तोकिएको समयमा आवश्यक सामाग्री दिन नसेको र दिएका सामाग्रीहरु पनि कमसल रहेकोले सम्झौता रद्द गरिएको बताए।

ओम्निले धरौटीवापत राखिएको ५ करोड रुपैयाँ जफत गरी कालोसूचीमा राखिएको महानिर्देशक श्रेष्ठले बताए ।

‘हामीले महंगो भएपनि सामान आउँछ भने ठिक छ भनेर सम्झौता गरेका थियौं, तर पुरै सामान आउने कुनै छाँटकाँट छैन, ‘त्यसैले हामीले ओम्नीसँग गरेको सम्झौता रद्द गरेका छौं। उनले भने ।

कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखिएसँगै विभागले चीनबाट स्वास्थ्य उपकरण ल्याउन यो समूहसँग सम्झौता गरेको थियो ।

उक्त सम्झौता अनुसार सरकारले किनेका स्वास्थ्य उपकरणको मूल्य अहिलेको बजार भाउभन्दा दशौं गुणा महंगो पाइएको र कमिसनको ठुलो चलखेल भएको भन्दै सरकारको ब्यापक आलोचना भएपछी सरकारमाथी सम्झौता रद्द गर्न दबाब बढेको थियो ।

प्रकाशित मिति : चैत्र १९, २०७६ बुधबार  ११ : २३ बजे