काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाले हाल देशमा स्थानीय वायुको प्रभाव सँगसगै पश्विमी वायुको समेत आंशिक प्रभाव रहेको जनाएको छ । मंगलबार महाशाखाले मौसम पूर्वानुमान जारि गर्दै काठमाडौं क्षेत्र आसपास, पश्चिमका पहाडी जिल्ला र पूर्वका केही स्थानमा मेघ गर्जन, चट्याङ र हावाहुरीसहित पानी पर्नसक्ने भन्दै सतर्कता अपनाउन अनुरोध गरेको छ।
महाशाखाका अनुसार मंगलबार दिउँसो देशभर आँशिकदेखि सामान्य बदली रहने छ भने देशका केही स्थानहरुमा मेघगर्जन तथा चट्याङ्ग र हावाहुरी सहित वर्षाको संम्भावना रहेको छ।
यस्तै राति देशको पहाडी भूभागमा आँशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आँशिक बदली रहने छ भने मध्य र पश्चिमका पहाडी भूभागका थोरै स्थानहरुमा र पूर्वका एक दुइ स्थानमा मेघगर्जन तथा चट्याङ्ग र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ।










