विगत ७२ घन्टा यता नेपालमा नयाँ कोरोना भाइरस संक्रमित बिरामी नभेटिएको स्वास्थ्य मन्त्रालयले शुक्रबार आयोजना गरेको मिडिया ब्रिफिङकका क्रममा प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिएका छन्।
बुधबार, बिहीबार र शुक्रबार कोरोना संक्रमित कुनै बिरामी नभेटिएको उनले बताए ।
७५ जिल्लामा भने कोरोना भाइरसको र्यापिड परीक्षण सुरु गरिसकिएको पनि उनले बताए। र्यापिडमा पोजेटिभ देखिए पिसिआर प्रविधिबाट परीक्षण गर्न थालिएको छ।
यसैगरी, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पनि कोरोना भाइरसको विस्तृत परीक्षण गरिने आरटी पिसिआर मेसिनबाट परीक्षण सुरु हुने भएको छ।








