नेपालमा एकैदिन थपिए १४ कोरोना संक्रमित



काठमाडौं । नेपालमा एकैदिन १४ जना कोरोना संक्रमित थपिएका छन् ।शुक्रबार उदयपुरमा १२ जना र चितवनमा दुई नेपालीमा कोरोना संक्रमण पुष्टि भएको हो ।

एकै दिन थपिएका १४ जना मध्ये केही भारतीय हुन् । यस्तै थपिएका दुई जना संक्रमित चितवनको राप्ती नगरपालिका-८ का आमा छोरा हुन् ।

यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ३० पुगेको छ ।

प्रकाशित मिति : बैशाख ५, २०७७ शुक्रबार  १ : ५५ बजे