राउटेहरुलाई जंगलकै मोह



डडेल्धुरा पर्शुराम नगरपालीका १२ आम्पानीमा रहेका राउटेहरुलाई फेरी जंगल मोह हुन थालेको छ । लक डाउँनका कारण घरमा खानाको अभाव हुँदा दैनिक छाक टार्न समस्या हुन थालेपछि जंगलमा गई तरुल खाएर छाक टार्न सहज हुने भन्दै आम्पानीका राउटेलाई जंगल मोह लागेको हो ।

राउटेहरु वस्दै आएका आम्पानी गाउँ छोडेर करिव एक दर्जन भन्दा वढी राउटे जंगलमा वस्न थालेक थिए ।पर्शुराम नगरपालीकाले उनिहरुलाई घर फर्काउनु भन्दा पहिले जंगलमा टहरा वनाएर ढुंगाको पर्खाल समेत वनाईसकेका थिए ।
आम्पानीका करिव एक दर्जन राउँटेहरु सोही स्थानमा रहेको डङसेरा सामुदायिक वनको छेउमा रहेको राष्टिय वनमा टहरा वनाएर वस्न थालेका थिए । राउटेहरुले आफुहरु लक डाउनका कारण खाना नपाएर जंगलमा तरुल खानका लागि गएको वताएका छन् । चुरे क्षेत्रमा रहेका यो राष्टिय वनमा टहरा वनाउँनका साथै सोही जंगल वाट खनेर ल्याएको तरुल खाएरनै छाक टार्ने गरेको उनिहरुले वताएका छन् ।

लक डाउँनका कारण गाउँमा मजदुरी गर्न नपाउँदा खानाको समस्या हुन थालेपछि जंगलमा गई गाई गोरु चराउने र जंगलमा तरुल खाने उदेश्यले जंगलमा वस्न गएको नाम नवताउँने शर्तमा एक जना राउँटेले वताउँनु भयो । ‘ लक डाउनका कारण दैनिक छाक टार्न समस्या हुनुका साथै जंगलमा वाख्रा चराउँन सहज हुन्छ,त्यसैले जंगलमा टहरा वनाएर वसेका हौं’। उनले भने । ‘पर्शुराम नगरपालीकाले राहत दिनुका साथै जंगलमा नवसन आग्रह गरेपछि आफुहरु जंगल छोडेर पुनः घरमै गाउँमा आएका हौ । ’

गाउँमा हो हल्ला हुनुका साथै अन्य विभिन्न कारणले असहज भएकाले पनि आफुहरु जंगलमा वस्न गएको उनिहरुले वताएका छन् । यता पर्शुराम नगरपालीकाका प्रमुख भिमवहादुर साउँदले भने ज)गलमा गएका राउटेहरुलाई घर फिर्ता गरेर राहत समेत दिई सकेको वताउनु भयो । उनिहरु खाध्यान्नको अभाव नभई अन्य कुनै कारणले जंगलमा गएका हुन सक्ने समत प्रमुख साउँदले वताउँनु भयो ।

जंगलमा टहरा

घर छोडेर चुरे क्षेत्रमा रहेको राष्टिय वनमा गएका राउँटेहरुले करिव एक दर्जन टहरा वनाएका छन् । टहरा वनाएका मात्रै छैनन् उक्त स्थानमा रहेका स साना वुट्यान काटेर अतिक्रमण गर्न शुरु गरेका छन् । टहराको पनि ढुंगाको पर्खाल लगाएका छन् । स साना वुट्यान काट्नुका साथै वन अतिक्रमण गरेका छन् । विभिन्न प्रलोभन दिएर आम्पानीमा रहेका राउटेहरुलाई सोही स्थानमा रहेको डङसेरा सामुदायिक वनको नजिकै रहेको राष्टिय वनमा अतिक्रमण गर्न लगाएका छन् । आम्पानी गाउँ वाट झण्डै एक घण्टाको दुरीमा रहेको उक्त स्थानमा वस्न गएका राउटेहरु भु माफियाको ईसारामा अतिक्रमण गर्न थालेको हुन सक्ने स्थानियले आशंका गरेका छन् । वाख्रा गाईगोरु चराउने उदेश्य लिएका राउटेहरुले अतिक्रमण गरेर जग्गा वनाउँन थालेका थिए । ति टहरामा करिव एक साता सम्म राउटेहरु वसोवास गरेपछि मात्रै घर फर्किएको वताइएको छ ।

रुख कटान

राउटे वसेको स्थानमा सालका सहित अन्य रुख समेत कटान गरिएका छन् । सालका रुख काटेर चिरानका लागि तयारी अवस्थामा राखिएको छ । काठ तस्करले राउटेहरुलाई रुख काट्न लगाएको हुन सक्ने आशंका गरिएको छ । साल काठ चिरान गरेपछि सो स्थान वाट गाउँमा ल्याउने योजनामा रहेको समेत वताइएको छ ।

टहरा जलाइए

राउटेले वनाएका सम्पुर्ण टहरा जलाइएको छ । चुरे क्षेत्रमा रहेको राष्टिय वनमा राउटेले टहरा वनाई वसोवास गर्न थालेको भन्ने जानकारी पाएपछि सव डिभिजन वन कार्यालय जोगवुढा सहित डङसेरा सामुदायिक वन वाट गएको टोलीले राउटेले वनाएका सम्पुर्ण टहरा जलाएको डिभिजन वन कार्यालय डडेल्धुराका प्रमुख विष्णु प्रसाद आचार्यले वताउँनु भयो । साथै उक्त स्थानमा काटिएको सालको काठलाई नियन्त्रणमा लिइएको समेत प्रमुख आचार्यले वताउँनु भयो ।

प्रकाशित मिति : बैशाख ७, २०७७ आईतबार  ८ : ३५ बजे